नियम १७९
कण्डेम्नेशन समितिको काम
: कण्डेम्नेशन समितिले देहायका सामानहरु सरकारी कामको सिलसिलामा फाटी, टुटी गएमा वा निश्चित अवधि नाघी गएको प्रतिवेदन प्राप्त भएमा सो सम्बन्धी विषयमा जाँचवुझ गरी नयाँ निकासा वा सट्टाभर्नाको लागी सिफारिस गर्नु पर्नेछ ।
(क) हिमाली प्रदेशमा रहेका प्रहरीका लागि वितरण भएको गरम लत्ताकपडा पोसाक र अन्य मालसामानहरू,
(ख) ग्रेटकोट,
(ग) वर्षादी,
(घ) झुल,
(ङ) व्यक्तिगत असवाव,
(च) जाडो मौसममा वितरण गरिने पोसाकहरू,
(छ) युनिट इक्वीपमेण्ट ।